सहिदमार्ग: ठेक्का लागिसकेको एउटा पुल गाउँबाट लैजान खोज्दा
काठमाडौं । सहिदमार्गलाई रोल्पा-रुकुम क्षेत्रको ‘लाइफ लाइन’ सडकको रुपमा लिइएको छ । सहिदमार्ग अन्तर्गत निर्माण हुन बाँकी रहेका चार पुलको निर्माण कार्य स्थानीयको विवादका कारण अघि बढ्न सकेको छैन ।