गणपुरक संख्या नपुगेपछि अर्थसमितिको बैठक बिहीबार पनि स्थगित



काठमाडौं । बिहीबार ११ बजेका लागि बोलाइएको अर्थसमितिको बैठक आज पनि स्थगित भएको छ । सांसदहरुको कोरम नपुगेपछि बैठक स्थगित भएको हो ।

बैठक यसअघि पनि कात्तिक १९ गते गणपुरक संख्या नपुगेपछि स्थगित भएको थियो ।

बैठकमा ७ जनामा मात्रै उपस्थित थिए । २५ जनामध्ये बैठक सञ्चालन गर्नका लागि कम्तीमा १३ जना उपस्थित हुनु आवश्यक छ ।

समितिका सभापति कृष्णप्रसाद दाहालले अर्को बैठक सांसदहरुसँग सल्लाह गरेपछि मात्रै बोलाउने जानकारी दिए ।

सामान्यतया कुनैपनि बैठक बस्ने निर्णय समितिले गरिसकेपछि केही समस्या भएमा वा गणपूरक संख्या नपुगेमा उक्त बैठक बस्ने वा नबस्ने भन्ने निर्णय बढीमा आधा घण्टामा गरिन्छ ।

यसअघिको बैठकमा ८ जना सांसद उपस्थित भएका थिए । सामान्यता आधा घण्टामा स्थगित गर्नुपर्ने बैठक गणपूरक संस्या नपुगेपछि १२ः१४ बजे मात्रै स्थगित गरिएको थियो ।


क्लिकमान्डु