ग्लोबलसँग मर्जरमा जान लागेको जनताले कमायो ३६ करोड ६९ लाख नाफा



काठमाडौं । ग्लोबल आइएमई बैंकसँग मर्जरमा जान लागेको जनता बैंकले पहिलो त्रैमासमा ३६ करोड ६९ लाख नाफा कमाएको छ ।
बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासिक विवरण अनुसार अघिल्लो वर्षको सोही अवधीको तुलनामा १३.७९ प्रतिशतले नाफा बढाएको हो ।

अघिल्लो वर्षको पहिलो त्रैमासिक अवधीमा जनता बैंकको नाफा ३२ करोड १९ लाख थियो ।

पहिलो त्रैमासिक अवधीको नाफा अनुसार बैंकले सेयरधनीलाई बाड्न मिल्ने नाफा १८ करोड ५३ लाख रुपैयाँ गरेको छ ।
ग्लोबल आइएमई बैंकले ७५ करोड ४६ लाख नाफा गरेको थियो । दुईवटा बैंक मर्जरमा जान लागेका छन् । एकीकृत गर्दा नाफा पहिलो त्रैमासमा नै १ अर्ब १२ करोड हुन्छ ।

जनता बैंकमा असोज मसान्तमा ७५ अर्ब ३ करोड निक्षेप रहेको छ भने कर्जा ६८ अर्ब ५९ करोड रहेको छ ।
८ अर्ब चुक्ता पूँजी भएको जनता बैंकको रिजर्बमा ३ अर्ब रहेको छ । बैंकको खराब कर्जा अनुपात १.३३ प्रतिशत रहेको छ ।


क्लिकमान्डु