सिटिजन्स बैंकले १५ प्रतिशत लाभांश दिने



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आर्थिक वर्ष २०७५-०७६ को वितरणयोग्य नाफाबाट लगानीकर्तालाई लाभाशं दिने भएको छ ।

बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आवको लाभांश बाट १२ प्रतिशत नगद र ३ प्रतिशत बोनसहित १५ प्रतिशत लाभांश दिने प्रस्ताव पेश गरेको छ ।

बैंक सञ्चालक समितिको ३०८ औं बैठकले यस्तो प्रस्ताव गरेको हो ।
लाभांशको लागि बैंकले नगद लाभांश तर्फ १ अर्ब ४५ लाख २७ हजार ७७३ रुपैयाँ र ३ प्रतिशत बोनस तर्फ २५ करोड ११ लाख ३१ हजार ९४३ रुपैयाँ छुट्याएको छ ।

बैंकले गत आवमा ७४ अर्ब १३ करोड निक्षेप संकलन गरी ६५ अर्ब ७ करोड कर्जा लगानी गरेको जनाएको छ । बैंकले सोही अवधिभित्र १ अर्ब ४६ करोड खुद मुनाफा आर्जन गरेको छ ।

बैंकको यो लाभांश प्रस्ताव राष्ट्र बैंकको स्विकृति र बैंकको आगामी साधारण सभाले पारित भएपछि सेयरधनीले पाउने छन् । बैंकले राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत पाएको सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरी अन्य प्रक्रियागत कार्यहरु अगाडि बढिरहेको जनाएको छ । बैंकले निकट भविष्यमा सातै प्रदेशमा थप १३ वटा शाखाहरु बिस्तार गर्ने योजना अगाडी सारेको छ ।


क्लिकमान्डु