कास्कीको छिनेडाँडामा कामना सेवाकोे ९४ औं शाखा स्थापना
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले पोखरा महानगरपालिका वडा नं. १४ स्थित छिनेडाँडामा ९४ औं शाखा कार्यालय स्थापना गरेको छ । आफ्नो सेवा विस्तारको क्रममा कास्की जिल्लामा आइतबार शाखा विस्तार गरेको हो ।
बैंकका सञ्चालक श्री चतुराखर अधिकारी, सञ्चालक श्री देवकृष्ण काफ्ले तथा गण्डकी प्रदेश प्रमु्ख टुबराज बास्तोलाले संयुक्त रुपमा कारोबार सुभारम्भ गरे ।
यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा बृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।
काठमाडौं ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यो सँगै ९४ वटा शाखा तथा ४५ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।
साथै, बैंकले एबीबीएस, लेटेस्ट इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङ, सी–एएसबीएलगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।