उद्योग वाणिज्यमन्त्री यादव भन्छन्ः तीनवटा सचिवले धोका दिए



काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले तीनवटा सचिवले धोका दिएको कारण विषादी परीक्षणको निर्णय प्रभावकारी ढंगले कार्यान्वयन हुन नसकेको बताएका छन् ।

मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै वाणिज्यमन्त्री यादवले वाणिज्य मन्त्रालय,कृषि र प्रधानमन्त्री कार्यालयका सचिवले धोका दिएको बताए ।

‘सचिवहरु माथि भर पर्दा मलाई गाह्रो भयो, सचिवहरुले सबै मिलाउनु पर्ने थियो, सचिवहरुको गडवडी छ,सचिवहरु पनि ठीक ठाउँमा बस्नुपर्छ,’ मन्त्री यादवले भने ।

उनले आफू निर्णयबाट ब्याक नभएको भन्दै उनले उल्टो नाकाबन्दी हुने अवस्था भएकाले पूर्ववर्ती अवस्थामा फर्केको बताए ।

उनले भने, ‘यसको लागि पत्र नआएको पनि र भारतप्रति झुकेको पनि होइन भन्दै मन्त्री यादवले हाम्रा व्यवयायीहरुको आग्रहमा निर्णयबाट पछाडि फर्केको बताए । त्यो नगर्दा हाम्रा व्यवसायीको पैसा फस्ने उनले जानकारी दिए ।


क्लिकमान्डु