बैदेशिक अध्ययनमा उत्कृष्ट परामर्श, अब्बल ग्रेस इन्टरनेशनल



नेपालबाट उच्च शिक्षाका लागि विदेश जाने चलन अब नौलो रहेन । प्रत्येक वर्ष ५० हजारभन्दा बढी विद्यार्थीहरु पढ्नकै लागि विदेशी भूमिमा पाइला राख्छन् ।

गुणस्तरीय शिक्षा र सुरक्षित करिअरको खोजीमा विदेश जान चाहने विद्यार्थीहरुको यही योजनालाई मूर्तरुप दिनका लागि मुलुकमा २ हजारको हाराहारीमा एजुकेशन कन्सलटेन्सीहरु सञ्चालनमा छन् । विद्यार्थी र अभिभावकको त्यही योजनालाई परामर्शमार्फत सहयोगी भूमिका खेल्ने कैयन कन्सलटेनसीमध्ये ग्रेस इन्टरनेशनल एक हो ।

राजधानीमा २ ठाउँसँगै राजधानी बाहिर पूर्वको दमक, बिराटनगरदेखि पर्सा, चितवन, पोखरा, बुटवल हुँदै पश्चिममा नेपालगञ्ज र सुर्खेत गरी ११ वटा ठाउँबाट ग्रेसले सेवा दिइरहेको छ । साथै अष्ट्रेलियामा विभिन्न ३ वटा सहरबाट विद्यार्थीहरुलाई निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ ।

सिंगापुरबाट ग्राएजुयट गरेर फर्केका एन्ड्रयू पौडेल आफै पनि विदेशी शिक्षाबाट अनुभव बटुलिसकेका छन् । विदेशी जाने विद्यार्थीका चाहना, इच्छा र समस्यालाई नजिकबाट नियालेका उनी आफै पनि विद्यार्थीलाई जेन्यून परामर्श कति आवश्यक छ भन्ने बुझेका छन् ।

त्यसैले उनी हरेक दिन कार्यालयमा विद्यार्थीलाई विदेश, त्यहाँको नीति, त्यसबाट हुने फाइदा र असरका बारेमा हरेक विद्यार्थीलाई बुझाउने प्रयास गरिरहेका हुन्छन् ।

सेवालाई गुणस्तरीय बनाउनका लागि स्वदेश र विदेशका विभिन्न १३ वटा शाखाबाट कम्पनीका झण्डै १ सय कर्मचारीहरु निरन्तर विद्यार्थीको सेवामा हाजिर छन् । एक दशकभन्दा लामो समयदेखि विद्यार्थीको सेवामा हरेक पल हाजिर भइराखेको ग्रेसले अहिले आफ्नो सेवालाई बंगलादेश, श्रीलंका र भारतमा समेत विस्तार गर्ने योजना बनाएको छ ।

सन् २०१५ देखि अष्ट्रेलियामा सेवा विस्तार गरेको संस्थालाई अष्ट्रेलियामा रामचन्द्र पौडेल र नेपालमा एन्ड्रयू पौडेलले सम्हाली रहेका छन् ।

विदेशमा समेत सेवा विस्तार गर्दा विद्यार्र्थीलाई के फाइदा हुने रहेछ त ?

क्लिकमाण्डूको प्रश्नमा एन्ड्रयू भन्छन, ‘यसले विद्यार्थीलाई निकै फाइदा पुर्याएको छ, विद्यार्थीका समस्या बुझ्नका लागि, समस्या समाधानका लागि, काउन्सिलिङका लागि पनि विद्यार्थीसँग प्रत्यक्ष कुराकानीमार्फत काम गर्न निकै सहज हुने रहेछ ।’

विद्यार्थी र उनीहरुका अभिभावकको चाहना, क्षमतालाई पहिचान गरी उनीहरुलाई करिअरको सही मार्गनिर्देशनका लागि काम गर्दैै आएको ग्रेस इन्टरनेशनलका निर्देशक एन्ड्रयू पौडेल भन्छन, ‘हामी जहिले पनि गुणस्तरीय परामर्शमा मात्रै केन्द्रित छौं, कन्सट्यान्टका रुपमा हामीले निरन्तर रुपमा सही काउन्सेलिङ गर्नमा हामी कटिबद्ध छौं ।’

एक दशकभन्दा लामो दौरानमा मुलुकमा कन्सलटेन्सीको क्षेत्रमा कैयन कनसलटेन्सीहरु आए, कैयन बन्द भए तर ग्रेस इन्टरनेशनलले भने आफूलाई समयक्रमसँगै निरन्तर विकास गर्दै लगेको छ ।

यसरी आफूलाई हरेक क्षणमा सफलताको बाटोमा हिँडाउनका लागि कत्ति गाह्रो भयो त ?

पौडेल भन्छन, ‘त्यो हो पेशाप्रतिको इमान्दारिता, लगन र मिहेनत ।’ उनी भन्छन, ‘यो क्षेत्रमा मात्रै नभइ कुनै पनि क्षेत्रमा काम गर्नका लागि पेशा र व्यवसायप्रतिको इमान्दारिता चाहिन्छ, सँगै काम गर्ने इच्छा शक्ती र दीर्घकालिन सोच पनि चाहिन्छ ।’

कम्पनीले हाल अष्ट्रेलियासँगै अमेरिका, बेलायत, न्यूजिल्याण्ड र क्यानडाका लागि पनि सेवा प्रदान गर्दैै आइरहेको छ । परामर्शका लागि आउने विद्यार्थीलाई उसको क्षमता पहिचान गरेर, क्षमता रुचिलाई विश्लेषण गरी करिअर काउन्सिलिङ गर्दै आएको छ ।

त्यति मात्रै होइन, ग्रेस इन्टरनेशनलले अंग्रेजी भाषाका अध्यापनका लागि समेत कक्षाहरु सञ्चालन गरिरहेको छ भने सँगसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम आयोजना गरी समाजमा जनचेतना फैलाउने काम समेत गरिरहेको छ ।

लामो समयदेखि विद्यार्थी, अभिभावक र विदेशी शिक्षालाई निजकबाट नियालेका पौडेल उच्च शिक्षाका लागि विदेशी भूमिमा जान चाहने विद्यार्थीलाई के सुझाव दिन्छन त ?

भन्छन, ‘विदेश जानु रहरले होइन न त बाध्यताले हो, यो आवश्यकताले जाने हो, त्यहाँ किन चाहे तर्कयुक्त कारण चाहिन्छ त्यो कारण अध्ययनलाई, करिअरलाई पुष्टि गर्न सक्ने हुनुपर्छ ।’ त्यसोसँगै कुनै पनि देशको भिसा पाउनु नै सबैथोक होइन । अहिले यो आम बुझाइ गलत छ ।

विद्यार्थीले पनि भिसा पाउनुलाई नै ठूलो मान्ने र अभिभावकले पनि भिसा पाइसकेपछि जसरी आफ्नो जिम्मेवारी पन्छिएको महसुस गर्ने जुन परिपाटी छ त्यो गलत छ । यसबारेमा विद्यार्थी र अभिभावक दुबैले सोच्नु आवश्यक छ ।

भिसा कुनै पनि देश जानका लागि बाटो खुलेको मात्रै हो, त्यहाँ गएर गर्ने मिहेनत त्यहाँ नपुगी विद्यार्थीले थाहा पाउँदैनन् । त्यसैले कुनै पनि देश जानुभन्दा अगाडि त्यसबारेमा इन्टरनेटबाट वा प्रत्यक्ष रुपमा भोग्ने अग्रजहरुबाट जानकारी लिन सकिन्छ ।

नेपालमा विषय उपलब्ध हुँदाहुँदै जानुपर्ने कारण नहुन सक्छ । नेपाल मै स्कोप छ भने पनि जान नपर्ने हुन सक्छ ।

कतिपयका लागि विदेश रहरको गन्तव्य पनि हो । कतिपयका लागि विदेश लहैलहैको गन्तव्य पनि हो । जसरी विदेश रहरलाग्दो ठाउँ हो, उसै गरी महंगो ठाउँ पनि हो । पढ्नका लागि ठूलो रकम चाहिन्छ । त्यो रकम विद्यार्थीका अभिभावकले पुर्याउन सक्नुपर्छ । त्यसैले आर्थिक अवस्था पनि बलियो हुनुपर्छ ।

विदेश करिअरका दृष्टिले जति सुरक्षित मानिन्छ, त्यति नै करिअर सुरक्षित गर्नका लागि मिहेनत चाहिन्छ । त्यसैले विदेशमा हुने सम्भावित दुःख, सुखलाई राम्रोसँग केलाएर मात्रै विदेश जाने तयारी गरियो भने निकै फलदायी हुन्छ । भविष्यमा पछुताउनु पर्दैन् ।

त्यतिमात्रै होइन, विदेश किन जाने त्यो महत्वपूर्ण हो ? त्यसका लागि आफैले आफैलाई सोध्नुपर्छ । आफूले नसके अग्रजलाई सोध्नुपर्छ, अन्त्यमा एजुकेशन कन्सलटेन्सी त परामर्श दिनका लागि छँदैछन् । विद्यार्थी कन्सलटेन्सीमा विदेश जानका लागि होइन, विदेशी शिक्षाबारे जानकारी लिन आउनुपर्छ भन्छन पौडेल ।

उनका अनुसार नेपालमा विद्यालय र घरपरिवारमा शिक्षा र करिअरबारे राम्रो काउन्सेलिङ गर्ने परिपाटी अझै विकास भइसकेको छैन् । शिक्षकहरुले विद्यार्थीको क्षमता पहिचान गराउन सक्दैनन् । विद्यार्थी आफैले आफैलाई चिन्न नसक्ने पनि हुन्छन् ।

विदेश जानका लागि परिवारको भूमिका पनि महत्वपूर्ण हुन्छ । कलिलो उमेरमा विदेशी भूमिका गएर उच्च शिक्षा लिनु त्यति सजिलो छैन्, तर राम्रोसँग तयारी गरेर, योजनाबद्ध रुपमा जाने हो भने पक्कै पनि यसले दीर्घकालिन रुपमा फाइदा पुर्याउँछ ।

विदेश पढ्न जानुभन्दा अगाडि केही कुरामा पहिले नै प्रष्ट हुनु आवश्यक छ । जस्तै, भाषा माथिको दक्षता, शैक्षिक योग्यता, आर्थिक अवस्था र त्यहाँ गएर पढ्न र बस्न सक्ने मनोविज्ञान अथवा भनौं त ‘एडजस्ट’ हुन सक्ने क्षमता चाहिन्छ ।

त्यसका लागि विदेश जाने विद्यार्थी र उनीहरुका अभिभावकले पहिले नै विचार पुर्याउनु पर्छ ताकी भविष्यमा पछुताउन नपरोस ।

विद्यार्थी कलिला छन् । उनीहरुको सोच पनि कलिलो हुन्छ । जसले दीर्घकालिन रुपमा सक्षम हुने गरी बलियो योजना नबनाउन सक्छ । त्यसैले एजुकेशन कन्सलटेन्सीहरु चाहिन्छन् । जसले विद्यार्थीको क्षमता, रुचि र आर्थिक अवस्था हेरेर विषय, देश छनोट गर्नका लागि परामर्श दिन्छन् ।

ग्रेसले विगत १३ वर्षदेखि यही मान्यतालाई अगाडि बढाउँदै आएको छ । विद्यार्थीलाई जेन्यून सूचना दिएर, परामर्श गरेर विदेशी भूमिका गुणस्तरीय शिक्षा चाहने नेपाली विद्यार्थीका लागि बाटो सहज बनाउने काम गरिरहेको दाबी पौडेलको छ ।

सुरुमा राजधानीको पुतलीसडकबाट सेवा सुरु गरेको ग्रेस इन्टरनेशनलले अहिले नयाँबानेश्वरसँग मुलुकका अन्य ठाउँमा पनि आफ्नो सेवा विस्तार गरेको हो । सन् २००६ मा स्थापना भएको ग्रेस इन्टरनेशनलले विद्यार्थीलाई सही र जेन्युन परामर्श पाउने भन्ने उद्देश्यले निरन्तर लागी परेको छ ।


क्लिकमान्डु