माछापुछ्रे बैंकले हावाहुरी पीडितलाई दियो डेढ लाख रुपैयाँ




काठमाडौं । माछापुछ्रे बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत धनगढी उप–महानगरपालिको प्रकोप व्यवस्थापन कोषलाई १ लाख ५१ हजार १११ रुपैँयाको हस्तान्तरण गरेको छ । बैंकले राहत, उद्दार तथा पुनर्निर्माण कार्यका लागि खर्च गर्नका लागि उक्त रकम दिएको हो ।

गत जेठ २३ गते आएको भीषण हावाहुरीका कारण धनगढी उप–महानगरपालिकाका १९ वटै वडाहरुमा करोडांैको धनमाललगायत भौतिक संरचनामा क्षति भएको थियो । उक्त क्षतिमा ४ हजार ७२४ घरधुरीहरु प्रभावित भएका थिए ।

बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख हरि ऐरले चेक धनगढी उप–महानगरपालिका मेयर नृपबहादुर वड तथा कार्यकारी प्रमुख नारायणप्रसाद सापकोटालाई हस्तान्तरण गरेका थिए ।

माछापुच्छ्रे बैंकले आफ्नो सामाजिक उत्तदायित्व अन्र्तगत सुरक्षा निकायका विभिन्न अंगहरुलाई भौतिक सहयोग तथा दैवी प्रकोपबाट प्रभावितहरुको उद्दार तथा पुर्नस्थापनामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।

साथै देशका विभिन्न स्थानहरुमा वृक्षारोपण, वित्तीय साक्षरता लगायतका कार्यक्रमहरुको आयोजना समेत गर्दै आएको छ ।

माछापुछ्रे बैंक लिमिटेडले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ११९ वटा शाखाहरु र ११२ शाखारहित बैकिङ सेवा समेत गरी जम्मा २३१ स्थानवाट ६ लाख ५० हजारभन्दा बढी ग्राहक महानुभावहरुमा सम्पूर्ण बंैकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १४१ वटा एटीएमहरु सञ्चालनमा छन् ।


क्लिकमान्डु