सहकारीमा ठगी गरी परार पक्राउ



काठमाडौं । सहकारीमा ठगी गरी फरार दिलिप कुमार चौधरी पक्राउ परेका छन् । उदयपुर निवासी चौधरी शुक्रबार इटहरिबाट पक्राउ परेका हुन् ।

चौधरी २०६९ कात्तिक २७ गते २० लाख ९५ हजार २६५ रुपैयाँ जरिवाना र १ वर्ष कैद ताकिएको थियो । त्यसयता फरार उनी आज पक्राउ परेका हुन् ।

काठमाडौं बनस्थलीस्थित आधुनिक बहुउद्देश्यीय सहकारी संस्थामा लेखा प्रमुखको रुपमा कार्यरत उनलाई रकम हिनामिना गरेको आरोप लागेको थियो । उनले संस्थाको स्टेटमेन्ट लगायतका कागजातहरु नक्कली बनाइ रकम बैंकमा जम्मा नगरीइ रकम ठगी गरेका थिए ।


क्लिकमान्डु