थैलीमा चेक बुक र एटिएम राख्नु, पैसा हैनः प्रम ओली



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालीले थैलीमा पैसा राख्ने दिन गएको बताएका छन् । ज्येष्ठ नागरिक स्वास्थ्य बिमा राष्ट्रिय अभियानको शुभारम्भ र खोलौँ बैङ्क खाता अभियान कार्यक्रमको उद्ध्घाटन गर्दै ओलीले यस्तो बताएका हुन् ।

उनले अब पैसा राख्ने थैलिनमा चेक बुक र एटिएम कार्य राख्नु पर्ने र पैसा चाहिँ बैङ्कमा राख्नु पर्ने धारणा राखे । प्रधानमन्त्री ओलीले भने ‘अब थैलीमा पैसा राख्ने दिन गयो, अब पैसा पट्टयाएर थैलीमा राख्नु पर्दैन, चेक बुक, एटिएम राखे हुन्छ, बैङ्क भनेको ढुकुटी हो, बैङ्कमा राखेको पैसा हराउँदैन, चाहेको बेला लौरो टेकेर लिन जान सकिन्छ ।’ बैङ्कमा ब्याज पनि आउने भएकोले घरमा भन्दा बैङ्कमा नै पैसा राख्नु उपयुक्त हुने बताए ।

प्रधानमन्त्री ओलीले अब देशमा नयाँ युगको सुरु भएको बताए । उनले समय भन्दा यो देश एक कदम अघि बढेको पनि उल्लेख गरे । उनले भने ‘भेरी बबई डाईभर्सनको काम समय भन्दा एक वर्ष चाँडो हुँदैछ, त्यो भए भने एक वर्ष अघि नै सिँचाइ हुन्छ, एक वर्ष अघि नै त्यहाँबाट फल फल्छ, एक वर्ष अघि नै त्यहाँ माछा पाइन्छ, यो सरकारले पनि त्यही गतिमा काम गरिरहेको छ ।

उनले सरकारले केही काम गरेन भन्नेहरू पनि अहिले रहेको उल्लेख गरे । ओलीले भने ‘सरकारले काम गरेन भन्नेहरूले बूढाबूढीहरू भएको ठाउँमा नभन्नु होला लौराले हान्लान्, बालबालिकाहरू भएको ठाउँमा गएर नभन्नु होला ढुङगाले हान्लान् ।’

सरकारले सबै नागरिकलाई समान व्यवहार गरेको र उनीहरूको लागि सामाजिक सुरक्षा पनि सुरु गरेको बताए । वृदावृदाको बिमा गराउँदा कतिपयले कनिका छरे जसरी पैसा छरेको भन्दै आलोचना गरेको उल्लेख गर्दै बाउ आमालाई खाना खुवाउँदा किन खाना खुवाएको भन्ने प्रवृत्ति रोक्न आवश्यक रहेको बताए ।

आफूले २०८४ सालमा नै बिमा गरेको जानकारी गराउँदै प्रम ओलीले बिमा कम्पनीहरूलाई खाईलाग्दाहरुलाई भन्दा पनि वृदवृदालाई पनि बिमा गराउन आग्रह गरे । उनले भने ‘उमेर भएकाले पनि बिमा गर्दैैपर्छ, बूढाबूढीलाई यो झनै आवश्यक पर्छ, स्वास्थ्य कमजोर हुँदा बिमा चाहिन्छ ।’


क्लिकमान्डु