कोरियन मोडलमा जापानले नेपाली कामदार लैजाने, तलब महिनाको २ लाख



काठमाडौं । जापान सरकारले दक्षिण कोरियाली मोडलमा नेपाली कामदार लैजाने भएको छ । नेपाल र जापान सरकारबीच श्रमिक आपूर्तिको विषयमा सोमबार सम्झौता भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव रामप्रासद घिमिरे र नेपालका लागि जापानी राजदूत मासामिचि साइगोबीच सम्झातामा हस्ताक्षर भएको हो । हस्ताक्षर समारोहमा श्रममन्त्री गोकर्ण बिष्ट उपस्थित थिए ।

जापान सरकारले यो पटक आप्रवासी कामदार लिने भएको भयो । योभन्दा अगाडि औद्योगिक प्रशिक्षर्थीमात्र लिने गरेको थियो ।

दक्षिण कोरियामा जान जस्तै जापानको लागि पनि भाषा परीक्षा उत्तिर्ण गर्नुपर्ने हुन्छ ।

कम्तीमा ३ लाख ४५ हजार विदेशी कामदारलाई हरेक वर्ष रोजगारी भिसामा जापानले लग्ने छ । नेपालबाट न्यूनतम पनि २५ हजार जना कामको लागि जापान जान सक्नेछन् ।

१४ औद्योगिक क्षेत्रसहित नर्सिङ, निर्माण तथा सरसफाइमा विदेशी कामदार प्रयोग गर्ने जापानी तयारी छ ।


क्लिकमान्डु