चीनमा विदेशी लगानीसम्वन्धि नयाँ कानुन पारित
काठमाडौ । छिमकी राष्ट्र चीनले विदेशी लगानीसँग सम्वन्धित नयाँ कानुन पारित गरेको छ । नेशनल पिपुल कङग्रेसको अन्तिम दिन उक्त कानुनको पक्षमा भारि मत खसेको हो ।
यससँगै यसले अमेरिकासँगको व्यापार वार्ता सहज गर्ने अनुमान गरिएको छ । अमेरिका र चीनको व्यापार विबादलाई यसले ठोस निष्कर्षमा पुर्याउने दावी गरिएको छ । तर कपिपयले भने विदेशीहरुले चीनमा गर्ने व्यापारलाई यसले पुर्णतया सम्बोधन नगर्ने भनेका छन ।
चीनमा भएको मतदानमा उक्त कानुनको पक्षमा २९२९ भोट परेको थियो भने यसको विपक्षमा जम्म ८ मत खसेको थियो । जबकी आठ जना भने मतदानमा भाग लिएनन । यो कानुन सन २०२० को जनवरी १ देखि कार्यान्वयनमा आउने विविसीले जनाएको छ ।