गोर्खा इको प्यालनबाट बन्यो राष्ट्रिय आविष्कार केन्द्र



कीर्तिपुर । गोर्खा इको प्यानलको प्रयोगबाट डा. महावीर पुनः अध्यक्ष रहेको राष्ट्रिय आविष्कार केन्द्र निर्माण सम्पन्न गरिएको छ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको परिसरभित्र अविष्कार केन्द्रको भबन निर्माण सम्पन्न गरिएको हो । पाँंच हजार दुई सय वर्ग फिटको ठूलो क्षेत्रफलमा केन्द्र निर्माण गरिएको हो । केन्द्रमा कामपनि सुरु गरिएको छ ।

डा महावीर पुनः नेपालको प्रथम म्यागासेस पुरस्कार पाउन सफल नेपाली हुन् । उनले राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरी आविष्कारका कामहरु गर्दै आएका छन् ।

केन्द्रका लागि भवन निर्माण सम्पन्न भएपछि अवका दिनमा आविष्कारको काम गर्न सहज भएको डा पुनःले बताए ।

भबन बनाउनका लागि निर्माण सामाग्री सहयोग गरेकोमा इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल गोर्खा इको प्यानललाई धन्यवाद दिन शुक्रबार भबनमै आयोजित कार्यक्रममा उनले सहयोगका लागि गोर्खा इको प्यानललाई धन्यवाद दिए ।


क्लिकमान्डु