सरकारले गर्यो किसानको ऋण मिनाह



काठमाडौं । सरकारले कृषि विकास बैंकबाट ऋण लिएका किसानको ऋण मिनाह गरेको छ ।

मन्त्रीपरिषद्को बैठकलेले तत्कालिन साना कृषि सहकारी बाट ऋण लिएका किसानको ऋण मिनाह गर्ने निर्णय गरेको हो । यो ऋण मिनाह गर्ने निर्णय बजेटमा उल्लेख गरिएको थियो । त्यसलाई सरकारले कार्यान्वयन गरेको छ ।

सोमबारको मन्त्रीपरिषद्को बैठकले यसरी किसानले लिएको २९ करोड ३९ लाख रुपैयाँ बराबरको ऋण मिनाह गर्ने जानकारी सरकारका प्रवक्ता तथा सूचना तथा संचारमन्त्री गोकुल बास्कोटाले दिए । यसबाट ६ सयदेखि ७ सय परिवार लाभान्वित हुने संचारमन्त्री बास्कोटाले बताए ।

सावा २९ करोड भएपनि ब्याज सहित जोड्दा यो रकम १ अर्ब रुपैयाँमा आउछ । कृषि विकास बैंकले वाणिज्य बैंकको रुपमा कारोबार गर्नु अगाडि समुह अन्तर्गत किसानले लिएको ऋण सरकारले मिनाह गरेको हो ।

ऋण मिनाहसँगै ऋण तिर्न नसकेर धितो बन्धक भएका किसानको धितो समेत फुकुवा हुने छ ।


क्लिकमान्डु