फेसबुक रहेन रोजगारीका लागि आर्कषक स्थल, यी हुन दश उत्कृष्ट कम्पनी



काठमाडौं । कुनै समय संसार भर नै रोजगारीका लागि आर्कषक थलोको रुपमा फेसबुकलाई लिइन्थ्यो ।

संसारका हजारौ युवा युवतीको रोजाई र चाहना पनि बनेको थियो फेसबुक । सामाजिक सञ्जाल फेसबुकमा जोडिने पनि कुनै समय आफूलाई स्मार्ट ठान्ने समुदाय पनि थियो । तर पछिल्लो समय फेसबुक आर्कषक रोजगारीको गन्तव्यबाट बाहिरिएको छ ।

व्यक्तिगत गोपनियता चोरेको तथा त्यसलाई अन्य स्थानमा सार्वजनिक गरेको भन्दै फेसबुकको विश्वसनियता संसार भर नै घट्दै गएको छ । रोजगारीको लागि आर्कषक मध्येको पहिलो नम्बरमा रहेको फेसबुक पछिल्लो समय ओरालो लागेर ७ औं नम्बरमा पुगेको छ । यस्तै संसारभरकै प्रख्यात मानिएको अनलाइन सपिङ सेन्टर अमेजन भने १०० नम्बरबाट पनि पछाडि परेको छ ।

हालै सार्वजनिक एक रेटिङ विवरणअनुसार बेन एन्ड कम्पनी चोथो पटक पहिलो नम्बरमा पुगेको छ । यस्तै उप्पल ७१ औं स्थानमा रहेको छ भने माइक्रोसफ्ट कम्पनी ३४ औं नम्बरमा पुगेको छ । यस्तै मल्निेशनल कम्पनी एचपी पहिलो पटक सो सूचीमा समावेश भएको छ ।

लगातार व्यक्तिगत विवरण चुहाएपछि फेसुबक रोजगारीका लागि उपयुत्तः स्थल नभएको पाइएको छ ।

ग्लासडोर नामक बेवसाइटले गरेको रेटिङमा संसारभरका १०० काम गर्न योग्य र आर्कषक कम्पनीहरु उल्लेख गरेको छ । बेस्ट प्लेस टु वर्कको सूचीमा फेसबुक ७ औं नम्बरमा पुगेको छ । गत वर्ष फेसबुक पहिलो नम्बरमा रहेको थियो । गत वर्ष फेसबुक रेटिङमा ५ मा ४.६ अंक पाएको थियो । यस वर्ष घटेर ४.५ मा झरेको छ ।सन् २०१५ पछि फेसबुकको रेटिङमा गिरावट आएको हो । ग्लासडोरका कम्युनिटी एक्पर्ट डोब्रोस्कीकाअनुसार फेसबुकमा काम गर्ने कामदार आफै सन्तुस्ट हुन सकेका छैनन् । यो हलिे घटेर ४(६ भन्दा अझै तल ४.३ मा समेत पुग्ने अवस्था आएको छ ।

उनले दावी गरे फेसबुकका कर्मचारी आफ्नो जागिरबाट बाहिरिने तयारीमा रहेका छन् । उनहिरु नयाँ रोजगारीको अवसर खोजी गरिरहेका छन् । फेसबुकका कर्मचारी कम्पनीको नेतृत्व बढी पारदर्शी र आन्तरिक रुपमा बढी प्रजातान्त्रिक होऊन् भन्ने चाहन्छन् । त्यो वातावरण उनीहरुले पाएका छैनन् ।

डोब्रोस्की भन्छन् फेसबुक अब काम गर्ने उपयुक्त थलो रहेन । उनकाअनुसार सन् २०१९ को सूचीमा बोस्टनको व्यवस्थापन परामर्शदाता कम्पनी बेन एण्ड कम्पनी पहिलो नम्बरमा पुग्नेछ । उनले रेटिङमा पनि ५ मध्ये सो कम्पनीले ४.६ अंक पाएको छ । सो कम्पनी सन् २०१२, २०१४ र २०१७ मा पनि पहिलो स्थानमा नै रहेको थियो ।

कूल १०० कम्पनीको सूचीमा २९ वटा प्रविधिसँग जोडिएका कम्पनी अटाएका छन् । गत वर्ष २८ कम्पन िसो सूचीमा थियो । पहिलो पटक अमेरिकी मल्टीनेशनल कम्पन िएचपी पनि सूचीमा अटाएको छ ।

यी हुन जागिरका लागि १० उत्कृष्ट कम्पनी

बेन एण्ड कम्पनी ४.६
जुम भिडियो कम्युनिकेशन ४.५
एन एन आउट बर्गर ४.५
प्रोकोर टेक्नोलोजी ४.५
बोस्टन कन्सल्टिङ ग्रुप ४.५
लिक्डइन ४..५
फेसुबुक ४.५
गुगल ४.४
लुललेमन ४.४
साउथबेस्ट एयरलाइन्स ४.४


क्लिकमान्डु