एनआइसी एशिया र लाईफ ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता



काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।

सम्झौता अनुसार अब यस बैंकका ग्राहक महानुभावहरुले मुलुकभर फैलिएको २६५ वटै शाखाहरुबाट सहज रुपमा लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदरले हस्ताक्षर गरेका छन् ।

एनआइसी एसियाले मुलुकभर २६५ शाखा कार्यालयहरु, २७० एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवम् १८ वटा शाखा रहित बैंकिङ ईकाई मार्फतसेवा प्रदान गर्दै आएको छ ।

बैंकको वासलातको आकार २१० अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब१७१ अर्ब तथा कर्जा१४२ अर्ब पुगेको छ । बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ ।


क्लिकमान्डु