बलियो अमेरिकी डलरले ३३ प्रतिशतले रेमिटेन्स बढाएर ३८ प्रतिशतले आयात बढायो, शोधानान्तर २५ अर्बले घाटामा



काठमाडौं । नेपाली अर्थतन्त्रको चलाउन प्रमुख हिस्सा मानिएको रेमिटेन्स ३३ प्रतिशतले बढ्दापनि देशको शोधानान्तर स्थिती २५ अर्ब ४५ करोड रुपैयाँले घाटामा गएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ महिनासम्मको आर्थिक स्थिती अनुसार शोधानान्तर २५ अर्ब ४५ करोड रुपैयाँले घाटामा छ । अघिल्लो आर्थिक वर्षको भदौ महिनामा शोधानान्तर ५ अर्ब ८७ करोडले घाटामा थियो ।

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा विदेशबाट पठाउने रेमिटेन्स रकम भने अत्याधिक बढेको छ । भदौ महिनासम्मममा १ खर्ब ५४ अर्ब रुपैयाँ रेमिटेन्सबाट भित्रिएको छ । अघिल्लो वर्षको दुई महिनाको तुलनामा रेमिटेन्समा ३३.४ प्रतिशतले बृद्धि हो ।

अमेरिकी डलरमा २२.३ प्रतिशतले रेमिटेन्सको बृद्धिदर भएको राष्ट्र बैंकले जनाएको छ ।
बढ्दो अमेरिकी डलरले रेमिटेन्स प्रवाह बढाएपनि व्यापारघाटा बढाएको छ । जसले शोधानान्तर घाटामा भने चालु खाता पनि खाटामा छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार भदौ महिनासम्ममा नेपालले वस्तु आयातको लागि २ खर्ब ३२ अर्ब रुपैयाँ बाहिरिएको छ । अघिल्लो वर्षको तुलनामा आयातमा ३८.५ प्रतिशतले बृद्धि हो । दुई महिनाको निर्यात भने १४ अर्ब ७० करोड मात्र छ ।


क्लिकमान्डु