प्रभु लाइफ इन्स्योरेन्सद्वारा पाँच नयाँ शाखा एकैसाथ शुभारम्भ



काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आज नयाँ पाँच शाखा तथा उप–शाखाबाट कारोबार शुरु गरेको छ ।

महेन्द्रनगर शाखा कार्यालय, बेलौरी उप–शाखा कार्यालय, लम्की उप–शाखा कार्यालय, फिदिम उप–शाखा कार्यालय तथा ईलाम उप–शाखा कार्यालयहरुको एकैसाथ शुभारम्भ गरी कारोबार सुरु गरिएको हो ।

प्रभु समूह, प्रभु बैंक, सांग्रिला विकास बैंक तथा मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानी रहेको प्रभु लाइफले बीमा बजारलाई ग्रामिण तहसम्म पुर्याउने लक्ष्य लिएको छ ।

कंचनपुर जिल्ला समन्वय समितिका प्रमुख फैरु तामाङले एक कार्यक्रमका बीच महेन्द्रनगर शाखा कार्यालय, लम्की चुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले लम्की उप–शाखा कार्यालय, ७ नं. प्रदेशका सभासद कुलवीर चौधरीले बेलौरी उप–शाखा कार्यालय, फिदिम जिल्ला समन्वय समितिका प्रमुख बिष्णुप्रसाद सापकोटाले फिदिम उप–शाखा कार्यालय तथा प्रभु लाईफका प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछाने तथा ईलाम जिल्ला समन्वय समितिका संयोजक गणेश बरालले संयूक्त रुपमा ईलाम उप–शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।


क्लिकमान्डु