महासंघका अध्यक्ष राणा र फ्रान्सका राजदूतबीच आर्थिक- व्यवसायिक सहकार्यबारे छलफल



काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र नेपालका लागि फ्रान्सका राजदूत फस्वा–जाभिए लेजेबीच आज महासंघ सचिवालयमा भेटवार्ता सम्पन्न भएको छ ।

सो भेटवार्तामा नेपाल र फ्रान्स बीचको आर्थिक व्यवासायिक सम्बन्ध विस्तार, आर्थिक सहकार्यका विविध विषयमा छलफल भएको हो ।

भेटवार्तामा राजदूत लेजेको महासंघ सचिवालयमा स्वागत गर्नुहुंदै महासंघका अध्यक्ष राणाले दुई देश बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, संयुक्त लगानी तथा आपसी हितका थुप्रै क्षेत्रहरू भएकाले संयुक्त सहकार्यलाई अगाडि बढाउन आर्थिक कुटनीतिमा जोड दिए ।
अध्यक्ष राणाले आपसी सहकार्यका क्षेत्रहरूको सम्भाव्यता अध्ययन गरी सम्भावित क्षेत्रमा लगानी एवं सहकार्यको लागि आग्रह गरिन् ।

उक्त भेटवार्तामा अध्यक्ष राणाले नेपालमा विशेष गरेर कृषि, पर्यटन, उर्जा, भौतिक पूर्वाधार लगायतका विषयमा लगानीको सम्भावना धेरै रहेको जानकारी गराएकी थिइन् ।

राजदूत लेजेले फ्रान्स र नेपाल बीचको आर्थिक एवं व्यवसायिक सम्बन्ध विस्तारलाई थप मजवुत बनाउन आफ्नो तर्फबाट पूर्ण सहयोग रहने विश्वास दिलाउनु हुंदै नियमित रूपमा व्यवसायिक प्रतिनिधिमण्डलको आदान प्रदान एवं सहकार्यका विषयमा गहनरूपमा भेटवार्ता एवं छलफल हुनुपर्नेमा जोड दिएका थिए ।

भेटवार्तामा महासंघका निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारीको सहभागिता रहेको थियो ।


क्लिकमान्डु