बढ्यो पेट्रोलियम पदार्थको मूल्य



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

सोमबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाइएको हो । निगमले पेट्रोलमा प्रतिलिटर २ र डिजेल तथा मट्टीतेलमा ३ रुपैयाँको दरले मूल्य बढाएको हो ।

मूल्य बढेपछि अब पेट्रोलको मूल्य ११४ र डिजेल तथा मट्टीतेलको मूल्य १०१ रुपैयाँ पुगेको छ । यो पटक निगमले खाना पकाउने एलपीजी ग्यास र हवाइ इन्धनको मूल्य भने बढाएन ।


क्लिकमान्डु