आइएमई लिमिटेड र सुमेरु अस्पतालबीच स्वास्थ्य सेवा सम्बन्धि सम्झौता



काठमाण्डौ । काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र सुमेरु अस्पतालवीच गत सोमबार सम्झौता भएको छ ।

सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले सुमेरु अस्पतालको सेवामा १०प्रतिशत विशेष छुट पाउने छन् ।

त्यस्तै आइएमईमा कार्यरत कर्मचारीहरु र आइएमईका निजी व्यवसायिक साझेदारहरूले १३ प्रतिशतसम्म छुट प्राप्त गर्ने व्यवस्था मिलाइएको छ । यो सुविधा अस्पताल भित्रको सेवामामात्र लागु हुने बताइएको छ ।

यो सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड, कर्मचारी परिचयपत्र वा आइएमईमा आवद्व भएको प्रमाण पत्र अस्पतालको ओपीडी शाखामा देखाउनु पर्नेछ ।

सम्झौता पत्रमा आइएमई लिमिटेडका तर्फबाट क्षेत्रीय प्रतिनिधि प्रमुख माधव कटुवाल र सुमेरु अस्पतालको तर्फबाट निर्देशक दीलिप डंगोलले हस्ताक्षर गरेका छन् । यो सम्झौता ५वर्षसम्मका लागि लागु हुनेछ।

आइएमईसँग आवद्ध सेवाग्राहीहरूलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू संचालन गर्दै आएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए ।


क्लिकमान्डु