१६.६९ अंकले घट्यो नेप्से, २४ करोडको कारोबार



काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा भारी गिरावट आएको छ । नेप्से परिसूचक दोहोरो अंकले घटेको हो । १६.६९ अंकले परिसूचक घटेको हो । १.४१ प्रतिशतले घट्दा परिसूचक ११६३.९४ बिन्दुमा पुगेको हो ।

आज सेयर बजारमा १६२ कम्पनीले कारोबार गरेका छन् । ७ लाख ७८ हजार ८ सय १५ कित्ता सेयर किनबेच हुँदा २४ करोड ८६ लाख ६३ हजार ४ सय ६ रुपैयाँको कारोबार भएको छ ।

बजार घट्दापनि कारोबार रकममा भने कमी आएको देखिदैन । साथै, बजार घटेको दिनमा नै ट्रेडिङ र होटल समूह भने बढेका छन् । ट्रेडिङ समूह २.११ अंकले बढेका छन् । यस्तै, होटल ६.७३ अंकले बढेका छन् ।

बैंक ११.८७, विकास बैंक १३.२२, जलविद्युत २१.१९, वित्तीय ३.५९, निर्जीवन बीमा १०५.७४, उत्पादनमूलक समूह भने ६३.५८, अन्य ४.७२, माईक्रोफाइनान्स ३१.५३ र जीवन बीमा १९३.३७ अंकले घटेका छन् ।

आरम्भ माईक्रो फाईनान्स वित्तीय संस्थाका लगानीकर्ताले ३.८७ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । फाईनान्सका लगानीकर्ताले नेप्से परिसूचक दोहोरो अंकले घटेका दिनपनि नाफा आर्जन गरेका हुन् ।

मल्टीपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताले १० प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।


क्लिकमान्डु