साउन १६ गते कंगारुको एजुकेशन फेयर हुने



काठमाण्डौ । कंगारु एजुकेशन फाउण्डेशनले विधार्थीहरुलाई बैदेशिक शिक्षा सम्बन्धी सहि सूचना तथा परामर्श प्रदान गर्ने उद्देश्यले एक दिने कंगारु एजुकेशन फेयर आयोजना गर्न लागेको छ ।

साउन १६ गते बुधबार कंगारु एजुकेशन फाउण्डेशनको केन्द्रीय कार्यालय, एबि कम्प्लेक्स पद्मोदयमोड पुतलीसडकको सभा हलमा आयोजना हुने उक्त शैक्षिक मेलामा अस्ट्रेलिया, अमेरिका, क्यानडा, न्यूजीलेण्ड र यूरोपका बिभिन्न २६ वटा प्रतिष्ठित विश्वविद्यालय, सरकारी कलेज, तथा प्राइभेट कलेजहरुको सहभागीता रहने कंगारु एजुकेशन फाउण्डेशनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत महेशबाबु तिमल्सिनाले बताए ।

उक्त शैक्षिक मेलामा आउनुहुने सम्पूर्ण विद्यार्थी अभिभावकहरुले विश्वविद्यालय तथा कलेजका प्रतिनीधीहरु सँग प्रत्यक्ष भेट गरी अन्तरक्रिया गर्न र सत्य तथ्य जानकारी लिन पाउनेछन् । त्यस देशको जिवनशैली, कलेज विश्वविद्यालय छनौट, छात्रवृत्ति देखि लिएर परिपक्व डकुमेन्टेसन मार्पmत भर्ना र भिजाका सम्बन्धमा पनि परामर्श लिन सकिने बताइएको छ ।

यो शैक्षिक मेलामा आउनुहुने विद्यार्थी र अभिभावकहरुलाई निशुल्क प्रबेशको ब्यवस्था मिलाइएको छ भने बिधार्थीलाई बिशेष अफर र गिफ्ट हयाम्पर प्रदान गरिने बताइएको छ । एजुकेशन फेयर बिहान १० बजेदेखि ५ बजेसम्म कंगारुको सभा हलमा आयोजना हुनेछ ।

मेलामा आइ.डी.पी र सिदार्थ बैक पनि सहभागी हुन लागेकाले , अग्रेजी भाषा परीक्षा रजिष्टेसन, आइएलटिएस तथा शैक्षिक कर्जा, बिप्रेषण सेवा सम्बन्धी जानकारी लिएर विद्यार्थी र अभिभावकहरु लाभन्वित हुन सक्नेछन ।

काठमाडौको पुतलीसडकमा केन्द्रिय कार्यालय रहेको कंगारु एजुकेशन फाउण्डेशनको नेपालमा सातवटा शाखा कार्यालयहरु साथै अस्ट्रेलियामा दुईवटा र बंगलादेशको ढाकामा एक शाखा कार्यालय रहेको कंगारु एजुकेशन फाउण्डेशनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत महेशबाबु तिमल्सिनाले बताए ।


क्लिकमान्डु