बैंकको स्प्रेडदरमा कडाई, बढी नाफा लिन बैंकलाई रोक



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको कर्जा निक्षेपको अन्तर(स्प्रेडदर)मा थप कडाई गरेको छ ।

अहिले ५ प्रतिशत रहेको स्प्रेडदरलाई साढे ४ प्रतिशतमा झारिएको हो ।

बैंकहरुले निक्षेपमा कम ब्याजदर दिने र कर्जामा बढी दिने काम गरेपछि स्प्रेडको नीति ल्याइएको हो ।

अहिले कतिपय बैंकको स्प्रेड ४ प्रतिशतभन्दा कम छ भने कतिको ५ प्रतिशतभन्दा बढी छ ।


क्लिकमान्डु