चकलेटका रोचक तथ्य



काठमाण्डौ । चकलेट धेरैले रुचाउने खानेकुरा हो । चकलेट उपहारको रुपमा पनि दिने चलन छ । प्रेमी प्रेमिका वा बाल बालिकालाई उपहारको रुपमा चकलेट दिने गरिन्छ । बालबालिकालाई फकाउनको लागि पनि चकलेट प्रयोग गर्ने गरिन्छ ।

चकलेट विभिन्न थरिका हुन्छन् । चकलेटमा रहेको दूध र कोकाको मात्राको आधारमा चकलेटको वर्गिकरण गरिन्छ । ५० प्रतिशतभन्दा धेरै दूधको मात्रा भएको चकलेट धेरै बिक्री हुने गर्छ । मिल्क चकलेटमा १० देखि ११ प्रतिशत कोका हुने गर्छ । यस बाहेक डार्क चकलेटमा ६० प्रतिशतभन्दा धेरै कोका मिसाईएको हुन्छ । डार्क चकलेट निकै तीतो स्वादका हुने गर्छन् ।

एक व्यक्तिले कति चकलेट खान्छ ?

स्वीजरल्याण्ड र अष्ट्रेलियामा एक व्यक्तिले वार्षिक ८ किलोसम्म चकलेट खपत गर्ने गर्छन् । चीनले सन् २०१६ मा १८ विलियन रकम बराबरको चकलेट उत्पादन गरेको थियो ।

सन् २०१७ मा अमेरिकन चकलेट ब्राण्ड मार्सले १८ हजार मिलियन रकम बराबरको चकलेट बिक्री गरेको थियो । सन् २०१७ मा स्विजरल्याण्डको नेस्ले चक्लेट कम्पनीले ८ हजार ८ सय १८ मिलियन डलरको चकलेट बिक्री गरेको थियो ।

अमेरिकामा गरिएको अध्ययन अनुसार भ्यालेन्टाईन डे को सातामा ३ सय ४५ मिलियन भन्दा धेरै रकमको चकलेट क्यान्डी बिक्री हुने गर्छ । यो रकम भनेको चकलेट क्यान्डीको वार्षिक बिक्रीको ५.१ प्रतिशत हो ।

बढ्दैछ चकलेट बिक्री

सन् २०१० देखि २०१५ को अवधिमा विश्वभर चकलेटको बजार वार्षिक १३ प्रतिशतले बृद्धि हुँदै गएको छ । चकलेटमा प्रयोग हुने कोकाको ७० प्रतिशत भन्दा धेरै पश्चिम अफ्रिकाबाट ल्याउने गरिन्छ ।

कोकाको उत्पादनका लागि घान प्रख्यात छ । डेनमार्कका सेफ फ्रिज्टले सन् १९९९ बाट बनाउन सुरु गरेको चाकोपोलोजी चकलेटको मूल्य २ हजार ६ सय डलर पर्ने
गर्छ ।
हामीले सधैँ पसलमा देख्ने गरेको चकलेट ब्राण्ड क्यडबरीको विस्पा गोल्ड चकलेटको मूल्य १ हजार ६ सय डलर पर्छ ।
(एजेन्सीहरुको सहयोगमा)


क्लिकमान्डु