एनएमबी बैंकले दियो ट्राफिक प्रहरीलाई ड्रोन, नियम उल्लंघन गर्नेलाई कारवाही गर्न सजिलो



काठमाडौं । एनएमबी बैंकले सामजिक उत्तरदायित्व अन्र्तगत उपत्यका ट्रफिक प्रहरीलाई ‘प्यान्टम प्रो’ ड्रोन क्यामेरा प्रदान गरेको छ ।

ट्राफिक प्रहरी परिसरमा आयोजीत ड्रोन हस्तान्तरण कार्यक्रममा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले ट्राफिक प्रहरी प्रमुख डिआईजी प्रकाश अर्याललाई ड्रोन हस्तान्त्रण गरेका हुन् ।

करीब तीन लाख मुल्य पर्ने यो ड्रोनले उपत्यकामा ट्राफिक निरिक्षण गर्ने छ । कार्यक्रममा डिआइजी अर्यालले ड्रोनको प्रयोगपछि नियम उल्लंघनमा कमी आउने विश्वास व्यक्त गरे ।


क्लिकमान्डु