घरजग्गा ब्यवसायी भन्छन्ः बर्षमा एक पटक मात्रै कित्ताकाटको ब्यवस्था ब्यवहारिक छैन




काठमाडौं । बर्षमा एक पटकमात्र जग्गाको कित्ताकाट गर्न पाइने नीतिगत ब्यवस्थाले घरजग्गा ब्यवसाय धरासायी हुने सरोकारवालाले बताएका छन् ।

यस्तो ब्यवस्थाले घरजग्गाको कारोबारमा असर पारेको नेपाल जग्गा तथा आवाश विकास संघका महासचिव मिनमान श्रेष्ठले बताए । यस्तो ब्यवस्था ब्यवहारिक नभएको भन्दै उनले कम्तिमा पनि बर्षमा ३ पटक कित्ताकाट गर्न पाउने बाटो खुल्ला गर्नुपर्ने बताए ।

७औँ जग्गा मेलाको पत्रकार सम्मेलनमा बोल्दै क्षेष्ठले घरजग्गा कारोबारकर्ताहरुले कम्पनी मार्फत कारोबार गर्नु पर्ने नीति राम्रो आएको तर एक पटक मात्र कित्ता काट्ने नीतिले जग्गा कारोबारमा असर पार्ने बताएका हुन् ।

नेपाल जग्गा तथा आवश विकास संघले एनआईसी एसिया बैंकको सहकार्यमा ७औँ घरजग्गा मेला आयोजना गर्न लागेको छ । मेलाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन् ।

असार १ गतेबाट ५ गतेसम्म चल्ने घरजग्गा मेलामा १ सय २० वटा बढी स्टलहरु राखिने मेलाका संयोजक बिपिन चित्रकारले जानकारी दिए ।

उनले ९५ प्रतिशत स्टल बुकिङ भइसकेको जानकारी दिए । यस्तै मेलामा स्टल लिन का लागि कम्पनीले प्र िस्क्वायर फिट हल बाहिरका लागि ४ हजार रुपैयाँ र हल भित्रका लागि ६ हजार रुपैयाँ मूल्य तोकिएको चित्रकारले बताए ।

मेलामा विद्युतीय सरसामानहरु, फर्निचर, पाइप, सेनिटरी वयर्स फिटिङ, पेन्टस्, सवारी साधन, बीमा र विभिन्न बैंकहरुको स्टल पनि राखिने उनले जानकारी दिए ।

मेलामा सहभागी हुन आउने उपभोक्ताहरुका लागि घरजग्गाको मूल्य, प्राविधिक र वित्तीय परामर्श समेत दिने व्यवस्था मिलाइएको संघले जानकारी दियो ।

भृकुटीमण्डपमा आयोजना हुने सो मेलामा ६० हजार बढी मानिसहरुले अवलोकन गर्ने आयोजकको दाबी छ ।

यस्तै नेपाल जग्गा तथा आवाश विकास संघले असार ४ र ५ गते दोस्रो हाउजिङ समिट गर्ने घोषणा गरेको छ । संघले सहरी विकास तथा भवन निर्माण विभाग र काठमाडौं उपत्यका विकास प्राधिकरणको संयुक्त सहयोगमा समिट आयोजना गर्न लागेको हो ।

इस्टिच्युट अफ इन्जिनियरिङको सहयोगमा हुने समिटमा नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल इन्जिनियरिङ एसोसिएसन, स्काफ, युएनह्याविटाट, रुपसोन र सोनको बृहत सहभागिता रहने पुल्चोक इन्जिनियरिङ क्याम्पसको आर्किटेक्चर एण्ड अर्वन प्लानिङ विभागका सहप्राध्यापक संगिता सिंहले बताइन् । गत वर्ष एक दिनको लागि हाउजिङ समिट आयोजना गरिएकोमा यो पटक २ दिनका लागि हाउनजिङ समिट आयोजना गर्न लागिएको उनले जानकारी दिइन् ।

सो समिटको उद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने जानकारी दिइएको छ । समिटमा १ सय ३५ वटा स्टल राखिने छ ।


क्लिकमान्डु