पूर्व उद्योगमन्त्री महेश बस्नेत भन्छन्ः जनचहाना अनुरुपको बजेट आएन




काठमाडौं । नेकपाका नेता तथा पूर्व उद्योगमन्त्री महेश बस्नेतले जनअपेक्षा अनुसारको बजेट नआएको बताएका छन् । सञ्चार केन्द्र नेपालले आयोजना गरेको बजेट र सामाजिक जीवनमा प्रभाव विषयक कार्यक्रमा बौल्दै पूर्व मन्त्री बस्नतेले यस्तो बताएका हुन् ।

पार्टीको घोषणापत्रमा उल्लेख भए बमोजिमको बजेट नआएको भए पनि बजेटले अर्थतन्त्रमा भने सकारकात्मक प्रभाव पार्ने विश्वास आफूले गरेको उनले बताए । आयतमूखी अर्थतन्त्रलाई निर्यातर्फ उन्मुख गराउन अहिलेको बजेट सहयोगी हुने आफुले विश्वास गरेको समेत उनले बताए ।

उनले भर्खरै सार्वजनिक भएको बजेटलाई नारा केन्द्रीत बजेट भन्दा पनि रणनीतिक बजेट भन्नु पर्ने उल्लेख गरे ।

त्यस्तै कार्यक्रममा पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले बजेटले करको दायरा भन्दा करमा बृद्धि गरेकोमा असन्तुष्टी व्यक्त गरे । बाह्य र आन्तरिक लगानीकर्तालाई करमा भएको बृद्धिले लगानीकर्ता हतोत्साही हुने उनको भनाइ छ ।

यसका साथै ५ वर्षमा कृषि उत्पादन दोब्बर पार्ने सरकारको लक्ष्य महत्वकांक्षी भएको समेत कोइरालाले बताए । साथै उनले हेटौँँडा कपडा उद्योग सञ्चालन गर्ने सरकारी निर्णय सच्चयाउनु पर्ने धारणा पनि राखे । उनका अनुसार सरकारी उद्योग निजीकरण गर्नुपर्छ ।

उपभोक्ता हित संरक्षण मञ्चका प्रेमलाल मर्हजनले बजेटले मूल्यबृद्धिमा सघाउ पुर्याएको बताए । करको दर बढाएर व्यवसायीलाई मर्का परेको बताउँदै उनले सरकराले बजार मूल्य स्थिर बनाउन कुनै कदम नचालेको आरोप समेत लगाए ।


क्लिकमान्डु