नेप्से ५.७७ अंकले बढ्यो, ७७ करोडको कारोबार
काठमाडौं । साताको पाचौँ दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.७७ अंकले बढेको छ । नेप्से ०.४२ प्रतिशतले बढ्दा १३६६.१५ विन्दुमा पुगेको हो ।
नेप्सेका अनुसार आज १ सय ६९ कम्पनीका १४ लाख ८० हजार ८ सय ८६ कित्ता सेयर खरिद बिक्री भए । समग्र नेप्सेमा ७७ करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ ।
उत्पादनमूलक समूह १०.६, विकाश बैंक समूह ३.४९, माइक्रोफाइनान्स समूह १६.५५, बिमा समूह ७५.६२, बैंकिङ समह ३.५५, जलविद्युत समूह १७.६२, र वित्तीय समूह ३.८६ अंकले बढेका छन् ।
होटल समूह ८.६७ र अन्य समूह २.९६ अंकले घटेका छन् ।
सूर्याेदय दघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.५२ प्रतिशतले कमाइ गरेका छन् । मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५.११ प्रतिशतले गुमाएका छन् ।