स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान


काठमाडौं । स्वास्थ्य बीमा बोर्डको रिक्त कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ ।

बोर्डले शुक्रबार (असार ३१ गते) एक सूचना जारी गर्दै खुला प्रतिस्पर्धात्मक प्रक्रियामार्फत उक्त पदपूर्तिका लागि इच्छुक र योग्य उम्मेदवारहरूबाट आवेदन माग गरेको हो ।

स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २० को प्रावधान बमोजिम कार्यकारी निर्देशकको छनोट गरिनेछ ।

‘स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि सिफारिस गर्न गठित सिफारिस समितिको बैठक र छनोट सम्बन्धी कार्यविधि, २०८३’ को दफा ७ को उपदफा (१) अनुसार यो विज्ञापन प्रकाशित गरिएको सूचनामा उल्लेख छ । उम्मेदवारको अन्तिम छनोट ऐनको दफा २२ (३) बमोजिम गरिनेछ ।