
काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै रिक्त रहेको उक्त पदमा नियुक्तिका लागि इच्छुक तथा योग्य उम्मेदवारहरूबाट आवेदन माग गरेको हो ।
सूचनामा उल्लेख भएअनुसार, बुधबार प्रकाशित यस विज्ञापनका आधारमा योग्यता पुगेका इच्छुक व्यक्तिहरूले आगामी साउन ८ गते शुक्रबार कार्यालय समयभित्र आफ्नो दरखास्त पेस गरिसक्नुपर्नेछ । विज्ञापन बोर्डको नेतृत्वका लागि एक जना योग्य उम्मेदवार छनोट गरी नियुक्त गर्ने सूचनामा उल्लेख छ ।
उम्मेदवारका लागि आवश्यक पर्ने न्यूनतम योग्यता, दरखास्त फाराम, र आवेदनका साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू लगायतका विस्तृत जानकारीका लागि सूचना तथा सञ्चार मन्त्रालयको आधिकारिक वेबसाइट www.moic.gov.np मा हेर्न सकिने व्यहोरा सूचनामा उल्लेख गरिएको छ ।






प्रतिक्रिया