सुजुकी सेलेरियो टेस्ट राइड अभियानको ३ महिना पूरा



काठमाडौं । सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ विभाग सीजी मोटोकर्पले राष्ट्रव्यापी सुजुकी सेलेरियोकोे टेस्ट राइड अभियानले ३ महिना पुरा गरेको छ । कावासोती, हेटौँडा, बीरगञ्ज, जनकपुर, बिर्मामोड, बुटवल, भैरहवा, जीतपुर र दाङ्गमा टेस्ट राइड कार्यक्रम सम्पन्न गर्दै सो अभियानको तेस्रो महिना पूरा भएको हो ।

कम्पनीको अनुसार, तेस्रो महिनामा ५१७ टेस्ट राइड सञ्चालन भएको छ ।

‘हामी हालसम्म प्राप्त भएको प्रतिक्रियासँग धेरै विश्वस्त छौं र यसरी नै अभियानको दोस्रो चरणमा जारी राख्ने आशा गर्दछौँ,’ सेल्स, मार्केटिङ र स्ट्रेटजीका डीजीएम सिराज पन्तले भने ।

सेलेरियो ‘द पर्फेक्ट फेमिली कार’को गत पुस महिनामा टेस्ट राइड अभियानसँगै प्रारम्भ भएको थियो । जसमार्फत ग्राहकहरुलाई प्रत्येक टेस्ट राइडमा उपहार प्रदान गरिएको थियो । एक भाग्यशाली ग्राहकले १ लाख रुपैयाँ क्यासब्याक प्राप्त गरेको कम्पनीले जानकारी दिएको छ ।


क्लिकमान्डु