शहीद गंगालाल अस्पतालमा कामना सेवाको निःशुल्क भोजन कार्यक्रम

35
Shares

काठमाडौं । कामना सेवा विकास बैंकले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा रहेका बिरामी तथा उनीहरूका कुरुवालाई निशुल्क भोजन वितरण गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालमा उपचारका क्रममा आर्थिक तथा सामाजिक रूपमा कठिन अवस्था भोगिरहेका बिरामी र उनीहरूका कुरुवाहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले बैंकले उक्त कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

उक्त कार्यक्रम आरती भोजन परिवारसँगको सहकार्यमा सञ्चालन गरिएको हो । कार्यक्रममा बैंकका ब्राण्डिङ तथा सीएसआर प्रमुख सुशिल पौडेल तथा आरती भोजन परिवारका अध्यक्ष डा. बिनु बाबा अर्यालको उपस्थिति रहेको थियो ।

आरती भोजन परिवारले २०८१ साल मंसिर ३ गतेदेखि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत बिरामीका कुरुवाहरूलाई नियमित रूपमा निःशूल्क भोजन सेवा प्रदान गर्दै आइरहेको छ । हाल उक्त सेवाबाट दैनिक २०० भन्दा बढी व्यक्ति लाभान्वित हुँदै आएका छन् ।