मोदीले सिक्किमका लागि सुरु गरे ४ हजार करोड भारुको परियोजना

476
Shares

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार सिक्किमको स्थापनाको ५०औं वर्ष पूरा भएको उपलक्ष्यमा आयोजित समापन समारोहमा सहभागी हुँदै ४ हजार करोड भारुभन्दा बढीका विकास परियोजनाहरूको उद्घाटन गरेका छन् ।

यी परियोजनाहरू पूर्वाधार, कनेक्टिभिटी (सम्पर्क सञ्जाल), स्वास्थ्य सेवा, शिक्षा, विद्युत्, सहरी विकास, वातावरण, पर्यटन र कृषि जस्ता विभिन्न क्षेत्रहरूमा फैलिएका अधिकारीहरूले जनाएका छन् ।

सिक्किममा समग्र र समावेशी विकासलाई गति दिनु यी परियोजनाहरूको उद्देश्य हो ।

प्रधानमन्त्रीको यो भ्रमण सिक्किमको स्थापनाको स्वर्ण जयन्ती वर्षमा महत्त्वपूर्ण कोशेढुंगा हो र यसले यस हिमाली राज्यको द्रुत एवं दिगो विकासका लागि सरकारको निरन्तर प्रतिबद्धता झल्काउँछ, अधिकारीहरूले बताएका छन् ।