
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले वाशिङटन र तेहरानबीचको वर्तमान गतिरोध अन्त्य गर्न कूटनीतिक निकासको आह्वान गर्दै इरानी नेतृत्वलाई प्रत्यक्ष अपिल गरेका छन् ।
सीएनबीसीसँगको एक अन्तर्वार्तामा उनले नयाँ सम्झौतामा प्रतिबद्ध भएर इस्लामिक गणतन्त्र इरानले समृद्ध भविष्य सुनिश्चित गर्न सक्ने सुझाव दिए । उनले कूटनीतिक समाधानले देशको क्षेत्रीय र आर्थिक स्थितिलाई ठूलो फाइदा पुर्याउने विश्वास व्यक्त गरे ।
ट्रम्पले तेहरानको वर्तमान परिस्थितिको पूर्ण रूपान्तरण हुन सक्ने सम्भावनालाई औंल्याउँदै भने, ‘इरानले सम्झौता गर्छ भने उनीहरूले आफूलाई धेरै राम्रो स्थितिमा पुर्याउन सक्छन् ।’









प्रतिक्रिया