
एजेन्सी । कुवेतको बुबियन टापुमा रहेका अमेरिकी सेनाहरूलाई इरानले निशाना बनाएको छ ।
इरानको खाताम अल–अन्बिया केन्द्रीय मुख्यालयका प्रवक्ताले सोमबार सरकारी सञ्चारमाध्यमद्वारा सार्वजनिक गरिएको एक भिडियो सन्देशमा उक्त जानकारी दिएका हुन् ।
प्रवक्ता इब्राहिम जोल्फकारीले इरानले ड्रोनको प्रयोग गरी टापुमा रहेका स्याटेलाइट उपकरण र गोलाबारूदलाई निशाना बनाएको बताए । उनले आरिफजान क्याम्पमा इरानले पटक–पटक आक्रमण गरेपछि अमेरिकी सेना त्यहाँबाट स्थानान्तरण भई यस टापुमा आएको जानकारी दिए ।
बुबियन टापु कुवेतको तटीय टापुहरूको श्रृंखलामध्ये सबैभन्दा ठूलो हो जुन खाडीको उत्तर–पश्चिममा अवस्थित छ ।
यसअघि, कुवेतको स्वास्थ्य मन्त्रालयले इरानी आक्रमणपछि उत्तरी कुवेतको एक आवासीय क्षेत्रमा भग्नावशेष खस्दा ६ जना घाइते भएको बताएको थियो ।








प्रतिक्रिया