
काठमाडौं । हाल नेपालमा पश्चिमी वायू र नेपालको पूर्वी भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
हाल बागमती र गण्डकी प्रदेशलगायत कोशी प्रदेशको पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ बाँकी प्रदेशको पहाडी र हिमाली भागमा आंशिक बादल लागेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशको पहाडी भागको केही स्थानहरू तथा बागमती प्रदेशको तराई भागका थोरै स्थानहरूमा मेघगर्जन रचट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको पहाडी र हिमाली भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भागलगायत बाँकी प्रदेशको हिमाली भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको तराईलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन रचट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
आज राति देशको हिमाली भागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी भागमा आंशिक बादल लाग्नेछ । महाशाखाका अनुसार देशको हिमाली भागका थोरै स्थानहरूमा तथा पहाडी भागका केहि स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।







प्रतिक्रिया