सम्पूर्ण अपडेट

माेदीलाई बालेनले दिए धन्यवाद्, नेपाल भारत सम्बन्ध थप सुदृढ बन्ने विश्वास

0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामनाको लागि धन्यवाद दिएका छन् । बालेनले सामाजिक सञ्जाल फेसबुकमार्फत् मंगलबार साँझ मोदीलाई धन्यवाद दिएका हुन्।

बालेनले आगामी दिनहरूमा नेपाल भारतको सम्बन्ध अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन सँगै सहकार्य गर्ने विश्वास समेत व्यक्त गरेका छन्।

‘नेपाल–भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु,’ उनले भनेका छन्।

मोदीले रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग सोमाबार मात्रै टेलिफोनमार्फत वार्ता शुभकामना दिएका थिए ।

मोदीले दुई नेतासँग न्यानो वार्ता भएको भन्दै निर्वाचनमा उनीहरूको जित र रास्वपाले हासिल गरेको सफलताका निम्ति बधाई दिएको बताएको थिए।

उनले भनेका छन्, ‘धन्यवाद छ शुभकामनाका लागि, सम्माननीय प्रधानमन्त्री @narendramodi ज्यू नेपाल–भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु। साथै, लगातार दुई पटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु।’