
काठमाडौं । ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) प्रत्यक्षतर्फ राष्ट्रिय प्रजातनत्र पार्टी (राप्रपा)बाट जित निकाल्ने एकमात्रै उम्मेदवार बनेका छन् । उनले जुम्ला १ बाट प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि जित निकाल्नुका साथै राप्रपाकै एकमात्रै प्रत्यक्षतर्फका जित निकाल्ने र पार्टीको शाख जोगाउने उमेदवार बनेका छन् ।
उनले १४ हजार ८१६ मत ल्याएर जित निकाल्न उनका निकटम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नरेश भण्डारीले ११ हजार ६३५ मत पाएका छन् ।
नेपाली कांग्रेसका उमेदवार दिपबहादुर शाही ७ हजार १४३ मत सहित तेस्रो भएका छन भने एमालेका उमेदवार शान्तिलाल महत ४ हजार ५१८ मतसहित चौथो भएका छन् । यो निर्वाचन क्षेत्रबाट रास्वपाकी विनिता कठायतले जम्मा ४२१ मत मात्रै पाएकी छन ।
यस अघि २०७४ काे निर्वाचनमा पनि रास्वपाले एक मात्रै जित निकालेको थियो । त्यतिबेला समानुपातिकबाट थप संसद नआएका कारण राजेन्द्र लिंङदेन मात्रै संसद थिए । यद्यपी यसपटक भने समानुपातिकबाट थप उमेदवार आउने सम्भावना भने रहेको छ ।








प्रतिक्रिया