सम्पूर्ण अपडेट

सर्लाही–४ मा गगन थापा ८ हजार १०० मतान्तरले पछि

413
Shares

काठमाडौं । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा जारी मतगणनाको पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार गगन थापा ८ हजार १०० मतान्तरले पछि परेका छन्।

हालसम्मको मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेश कुमार सिंह अग्रस्थानमा छन्। उनले १९ हजार २१३ मत प्राप्त गरेका छन्।

त्यस्तै, कांग्रेसका उम्मेदवार गगन थापाले ११ हजार ११३ मत प्राप्त गरेका छन्।

नेकपा (एमाले)का उम्मेदवार अमनिश कुमार यादवले ३ हजार ५२९ मत पाएका छन् भने नेकपाका उम्मेदवार डा. रजनिश रायले १ हजार १०८ मत प्राप्त गरेका छन्।

जनमत पार्टीका उम्मेदवार राकेश मिश्राले १ हजार १४४ मत प्राप्त गरेका छन्। सर्लाही–४ मा मतगणना जारी रहेको छ।