सम्पूर्ण अपडेट

रेणुलाई हराउँदै चितवनबाट सोविताको शानदार जित

63
Shares

काठमाडौं । नेकपा उमेदवार रेणु दाहाललाई हराउँदै चितवन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वाप० की उम्मेदवार सविता गौतमले शानदार जित हासिल गरेकी छिन् ।

गौतमले ५९ हजार २७७ मत प्राप्त गरेर जित हासिल गर्दा उनकी निकटम प्रतिद्वन्दि दाहालले २० हजार ६१५ मत प्राप्त गरेकी छन्।

नेपाली कांग्रेसका उम्मेदवार टेक प्रसाद गुरुङ तेस्रो स्थानमा रहेका छन्। गुरुङले ८ हजार ३४४ मत पाएका छन्।
चौथो स्थानमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) एमालेका शंकर राज थपलिया छन्। उनले ५ हजार ४ मत प्राप्त गरेका छन्।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक थापा ९मगर० पाँचौँ स्थानमा रहेका छन्। उनले हालसम्म १ हजार २२६ मत प्राप्त गरेका छन्।