
धादिङ । धुनिवेशी नगरपालिकामा करिब ६३ प्रतिशत मत खसेको छ । प्रतिनिधिसभा निर्वाचन २०८२ को लागि विहीबार भएको चुनावमा यो नगपालिकामा भएका कुल २६ हजार ७०३ मतदातामध्ये १६ हजार ७७७ अर्थात ६२.८३ प्रतिशत मत खसेको छ ।
विहीबार भएको निर्वाचनमा धुनिवेशी नगरपालिकाको वडा नम्बर १ मा १ हजार ९७३, वडा नम्बर २ मा २ हजार १७७, वडा नम्बर ३ मा १ हजार ७७७, ४ मा १ हजार ५०४, ५ मा १ हजार ८९९, ६ मा १ हजार ४२१, ७ मा १ हजार ९९७, ८ मा १ हजार ८७७ र ९ मा २ हजार १६५ मत खसेको छ ।








प्रतिक्रिया