मध्यपूर्वको एयर स्पेस बन्दले अन्तर्राष्ट्रिय उडान एकै दिन २१ वटा रद्द, सोमबार ३३ मात्रैको तयारी

259
Shares

काठमाडौं । मध्यपूर्वी क्षेत्रमा बढेको तनावका कारण अझै पनि विभिन्न ९ वटा मुलुकको हवाई उडान सहज नहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान एकै दिन २७ वटा रद्द भएका छन् ।

आइतबार काठमाडौैं विमानस्थलबाट हुने विभिन्न वायुुसेवाका २७ वटा उडान रद्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतले जानकारी दिएका छन् । उनका अनुसार आइतबार नेपालबाट मध्यपूर्वी क्षेत्रमा जानुपर्ने विभिन्न ८ वायुसेवाका २७ वटा उडान हुन नसकेपछि सोमबारको लागि उडान तालिका नै घटाएको छ ।

आइतबारका लागि ४० उडान र त्यति नै मात्रामा अवतरणको तालिका राखिएको थियो । सोमबार पनि अन्तर्राष्ट्रिय उडान अझै केही प्रभावित नै भइरहेका छन् । सोमबारका लागि भने जम्मा ३३ वटा मात्रै उडान अवतरण तालिकामा राखिएको छ

सोमबारका लागि तय भएका अन्तर्राष्ट्रिय उडानका तालिका