आज होलीको दिन कस्तो रहनेछ मौसम ?

49
Shares

काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल तथा बाँकी प्रदेशको पहाडी तथा हिमाली भागमा आंशिक बादल लागेको छ।

तराईका केही स्थानहरूमा तुवाँलो रहेको छ। गण्डकी प्रदेशको पहाडी र हिमाली भागका केहि स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको भइरहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागमा साधरणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भाग सहित बाँकी हिमाली भागमा आंशिक बादल लाग्नेछ र बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेशको पहाडी र हिमाली भाग सहित बागमती र गण्डकी प्रदेशको हिमाली भागका केहि स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

Skip This