
काठमाडौं । मध्यपूर्वी क्षेत्रमा उडान स्थगितले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान अस्तव्यस्त भएको छ । विमानस्थलमा यात्रुको भिड बढेको कारण व्यवस्थापन मिलाउन विमानस्थल कार्यालय र सम्बन्धित वायुसेलाई सकस परिरहेको छ ।
विमानस्थलबाट हुने मध्यपूर्वी क्षेत्रको उडान स्थगित भएकोले यात्रुलाई सम्बन्धित वायुसेवासँग सोधेर मात्रै विमानस्थल जान पनि आग्रह गरिएको छ ।
काठमाडौंबाट हुने कतार, यूएई, कुवेत, टर्कीसहितका क्षेत्रको उडानमा यात्रा गर्ने यात्रुलाई सम्बन्धित वायुसेवाबाट सूचना लिएर मात्रै विमानस्थल प्रवेश गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार मध्यपूर्वी क्षेत्रका उडान स्थगित हुँदा यात्रुलाई असर परेको छ । तत्कालाई केही उडान ढिलो भएको, केही रद्ध भएको र केहीको पुनरतालिकीकरण भएको हुँदा यात्रुलाई विमानस्थल आउँदा जानकारी लिएर मात्रै आउन आग्रह गरिएको छ ।
इरानमाथि अमेरिका–इजरायलको सैन्य आक्रमणपछि मध्यपूर्वी क्षेत्रका विमानस्थल र उडान बन्द हुँदा ती क्षेत्रको उडानका लागि त्रिभुवन विमानस्थलमा पुगेका यात्रुहरु प्रभावित भएका छन ।
इरानमाथि अमेरिका र इजरायलले सैन्य आक्रमण गरेपछि शनिबार कतार, दुबई र आबुधावी अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएका छन । यसको असर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबा हुने अन्तर्राष्ट्रिय उडानमा समेत परेको छ ।
नेपाल नागरिक उड्डययन प्राधिकरणले मध्यपूर्वमा उत्पन्न हालको हवाई क्षेत्र प्रतिबन्धलाई नजिकबाट अवलोकन गरिरहेको जनाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन हुने अन्तर्राष्ट्रिय एयरलाइन्सहरूसँग समन्वय गरिरहेको जानकारी दिएको छ ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले काठमाडौंमा सेवा दिइरहेका अन्तर्राष्ट्रिय एयरलाइन्सहरूसँग नजिकबाट समन्वय भइरहेको बताए । उनले अन्तर्राष्ट्रिय यात्रासम्बन्धी कुनै तत्काल समस्या भए त्यसको जानकारी समयमै अपडेट गर्ने पनि बताए ।
विमानस्थल कार्यालयको सूचना










प्रतिक्रिया