
काठमाडौं । निर्वाचन आयोग ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा सबै मतदान केन्द्रमा प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएको छ।
देशभर १० हजार ९६७ मतदान स्थल र २३ हजार २५५ मतदान केन्द्र (अस्थायीसमेत) मा मतदान हुने भएकाले कर्मचारी, सुरक्षाकर्मी तथा अपाङ्ग, अशक्त र ज्येष्ठ नागरिक मतदातालाई लक्षित गर्दै आकस्मिक स्वास्थ्य सेवा तयारी अवस्थामा राख्न आग्रह गरिएको हो।
आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिअनुसार स्थानीय तह, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरी अस्पताल तथा स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी र औषधि तयारी अवस्थामा राख्न पत्राचार गरिएको छ।
निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न तीन दिन सार्वजनिक बिदा दिने निर्णयसमेत भइसकेको आयोगले जनाएको छ।








प्रतिक्रिया