चार प्रदेशमा वर्षाको सम्भावना

182
Shares

काठमाडौं। हाल नेपालको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसको प्रभावले हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागमा साधरणतया बादल लागेको छ र बाँकी पहाडी तथा हिमाली भागमा आंशिक बादल लागेको छ।

आज दिउसो तराईका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भागमा साधारणतया बादल लाग्नेछ, बाँकी हिमाली तथा पहाडी भागमा आंशिक बादल लाग्नेछ। तराई भागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी र हिमाली भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ।

आज राति तराई भागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। देशका हिमाली भागमा साधरणतया बादल लाग्नेछ, पहाडी भागमा आंशिक बादल लाग्नेछ र तराईमा मौसम मुख्यतया सफा रहने। कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।