
काठमाडौं । धादिङ्गको बेनीघाटस्थित त्रिशुली नदीमा खसेर सोमबार बिहान भएको बस दुर्घटनाको बिषयलाई छानविन गर्न गृह मन्त्रालयले कार्यदल गठन गरेको छ ।
सोमबार गृहमन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा भएको छलफलपछि मन्त्रालयका सहसचिबको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको हो । छलफलमा गृह सचिब, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिब, सुरक्षा निकायका प्रमुख, यातायात विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी र मजदुर संघलगायत सहभागी भएका थिए ।
दुर्घटनाको बिषयमा छानविन गरी प्रतिवेदन उपलब्ध गराउने बिषयमा कार्यदल गठन गरिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।









प्रतिक्रिया