रौतहटमा तीनवटै सुरक्षा निकाय परिचालन, १८ जना पक्राउ

175
Shares

काठमाडौं । रौतहट जिल्लाको गौरमा उत्पन्न तनावपूर्ण अवस्था नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहित तीनै सुरक्षा निकाय परिचालन गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवका अनुसार शान्ति–सुरक्षा कायम गर्न संयुक्त रूपमा सुरक्षा व्यवस्था कडा बनाइएको हो।

उनका अनुसार विवादमा संलग्न रहेको आशंकामा हालसम्म १८ जनालाई नियन्त्रणमा लिइएको छ।

साथै, दुई समुदायबीच संवादमार्फत समाधान खोज्न वार्ताको पहल भइरहेको उनले जानकारी दिए।

सहायक प्रमुख जिल्ला अधिकारी यादवले घटनालाई उक्साउने केही व्यक्तिहरूलाई प्रशासनले निगरानीमा राखेको बताए । त्यस्ता व्यक्तिहरूमाथि निगरानी बढाइएको र आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइने उनले स्पष्ट पारे।

प्रशासनले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाउँदै सर्वसाधारणलाई संयमित र शान्त रहन आग्रह गरेको छ।