गौर झडप प्रकरण : ३ गाडी र दुई मोटरसाइकलमा आगजनी

581
Shares

काठमाडौं। रौतहटमा दुई समुदाय बिच विवाद भएपछि सदरमुकाम गौर तनावग्रस्त भएको छ ।

तीन दिनअघि जन्ती गएका हिन्दु समुदायका मानिसहरू मस्जिद नजिक पुगेपछि विवाद सुरु भएको थियो । शनिवार गौरमा झडप भइरहेको छ ।

दुई समूहको बिचमा झडप हुँदा गौरमा ३ वटा गाडी र दुईवटा मोटरसाइकलमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णु प्रदीप बस्यालले बताए ।

उनले भने, ‘शुक्रवार पनि झडप भएको थियो ।’

गौर नगरपालिका–६ स्थित सवगडा गाउँका दुई समूहबिच दुई दिनदेखि लगातार झडप भइरहेको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । आक्रोशित समूहले गौर स्थित एउटा पेट्रोल पम्पमा पनि तोडफोड गरेका छन् ।

फागुन ८ बाट इस्लाम धर्मावलम्बीहरूको मुख्य पर्व रमजान सुरु भएको छ । यो पर्वमा मुस्लिम धर्मावलम्बीहरू एक महिनासम्म दिनभरि निराहार व्रत बसेर नमाज पढ्ने गर्छन् ।

मुस्लिमहरू नियमित काम सकेर एक महिनासम्म दिउँसो मस्जिदमा गएर नमाज पढ्ने गर्छन् । यो पर्वमा सूर्योदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने गरिन्छ ।